प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलामा पूर्व जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक भेट भइसकेको छ । आम पूर्वमाओवादीका लडाकूमात्र नभएर व्यापारी रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति पनि हुन् ।
यसैगरी रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपुजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्का...