सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ । यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ ।वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयार