काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन् । युएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागी हुन युएई जान लागेको पुष्टि गरेका छन् । गुरुङ मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम […]
२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका …
काठमाडौँ । जटिल प्रसूति समस्या देखिएपछि हुम्लाकी एक २४ वर्षीया महिलाको शुक्रबार हवाई उद्धार गरिएको छ । उनलाई नेपाली सेनाको विमानमार्फत कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ । नेपाली सेनाका अनुसार कात्तिक २७ गते गरिएको उक्त उद्धार राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गतको हवाई उद्धार कार्यक्रममार्फत भएको हो । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा […]
काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटका अवसरमा परराष्ट्रसचिव राईले राजदूत दलेललाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल तथा फलदायी कार्यकालको शुभकामना व्यक्त गरे । भेटका क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका बारेमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको […]