कर्णालीका नवनियुक्त मन्त्रीहरुको सपथ भोलि

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री) सुर्खेतका विन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् । यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् ।  नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार&n

सम्बन्धित सामग्री

गण्डकीका नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री विकास लम्सालले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार दिउँसो विना विभागीय मन्त्रीमा नियुक्त गरेपछि साँझ मन्त्रालयको जिम्मेवारी पाएका लम्सालले आज पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री गुरुङले बुधबार लम्साल लगायतका अन्य ४ जना मन्त्रीलाई शुरुमा विना विभागीय मन्त्रीका रुपमा सपथ गराएका थिए । साँझ पुनः सबै मन्त्रीहरुको कार्यविभाजन गरी मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । लम्सालले पुरानै पर्यटन,उद्योग, वाणिज्य तथा वाणिज्य आपूर्