नेपाल–खनाल पक्षले तत्काल राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले तत्काल राजीनामा नदिने र आजको प्रतिनिधिसभा बैठकमा उपस्थित पनि नहुने निर्णय गरेको छ । सामूहिक राजीनामा दिने तयारी भए पनि केही सांसदले यसको विरोध गरेपछि उनीहरु यो निर्णयमा पुगेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले पार्टी अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै हुनुहुन्छ । खनाल–नेपाल समूहका सांसद उपस्थित नहुने भएपछि ओल...