झापा–५ मा दुवै गठबन्धनलाई राप्रपाको आश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ का बारेमा यतिबेला सर्वत्र चासो बढेको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार बनेका छन् । ओली र डा. अधिकारीबीच २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओली विजयी भएका थिए ।एमालेले झापामा यस पटक राप्रपासँग चुनावी तालमेल गरेको छ । झापा–५ मा राप्रपाले ओलीलाई सघाउने र झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउने गरी यी दुई दलबीच तालमेल