जन्मदिनको केक काट्दै हरिवंशले भने, ‘परिवारको सुख नभएको भए म धेरै विचलित हुन्थे’

अभिनेता हरिवंश आचार्य ६४ वर्ष पुगेका छन् । शनिबार साथीभाइ माझ केक काट्दै उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् । रेडियो अडियोको कार्यालयमा आयोजित सेलिब्रेसन कार्यक्रममा मनोज गजुरेल, दीपकराज गिरी, किरण केसी, शैलेन्द्र सिम्खडा, राजा राजेन्द्र, प्रदीप भट्टराई लगायत थुप्रै कलाकर्मीको सहभागिता रहेको थियो ।कार्यक्रममा परिवारको सुखको कारण आफूले सफलता प्राप्त गर्दै अहिलेको अवस्थासम्म आइपुग्न सफल भएको हरिवंश आचार्यले बताए । ‘म एक समय निकै धरमराएको थिए । श्रीमती, छोराहरू र आफन्तले साथ दिए’ आ