बैंकिङ प्रणालीमा तरलताको चाप कायमै छ, केही समय धैर्य गरौं : कामु गभर्नर

चैत २८, काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकि छिन् । सोमवार काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै उनले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताइन् । उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन् । उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने पनि बताइन् ।