सरकारले डेंगुसँगै चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन गर्ने

काठमाडौँ अनामनगर बस्दै आएका २५ वर्षीय शंकर रिजाललाई एक्कासि ज्वरो आउने, शरीरको मांसपेशी,जोर्नी दुख्ने, बान्ता हुने समस्याले सतायो । भाद्र १४ गते एक्कासि बिरामी परेका उनी भोलि पल्टै डेंगु सङ्क्रमणको आशंकामा टेकु अस्पताल पुगे । ज्वरो र शरीर दुखाइले आत्तिएका उनलाई परीक्षण गर्दा डेंगु पुष्टि भने भएन । डाक्टरको सल्लाहमा औषधि सेवन गरिरहेपनि स्वास्थ्यमा समस्या आइरहेकाले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको सुनाए ।उता शंखमुल बस्दै आएकी पवि राईको परिवार तीन जनालाई एक्कासि ज्वरो आउने, टाउको दुख्ने, जोर