जलन उपचारका लागि जलन उपचार कोष स्थापना हुनुपर्छः: सांसद विन्दवासिनी कंसाकार

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताइन्।

सम्बन्धित सामग्री

सांसद डा.चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा जलन उपचार कोष स्थापना

विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ । सांसद डा. चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी कोष स्थापना गरिएको हो । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले सुरुवातमा १० लाख रुपियाँको अक्षय कोष कृषि विकास बैङ्कमा जम्मा गरेर कोष स्थापना गरिएको जानकारी दिनुभयो । उक्त कोषमा सांसद भण्डारीले एक लाख १०५ रुपियाँ प्रदान गर्नुभएको छ ।

विपन्न तथा बेवारिसे बिरामीको उपचार गर्न ‘जलन कोष’ स्थापना

सांसद चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा ‘जलन कोष’ स्थापना गरिएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कोषको स्थापना गरिएको हो।