स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र चीनको दूतावासमार्फत सम्झौतापत्र पठाएको नेपाली सेनाले जनाएको छ ।