काठमाडौंको बूढानीलकण्ठमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं (अस) । एभरेष्ट बैंकले काठमाडौंको बूढानीलकण्ठमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले बूढानीलकण्ठ शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा दिइने जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धीर कुमार र बूढानीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रूपमा शाखा उद्घाटन गरे । कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दीपककाजी तुलाधर, एभरेष्ट बैंक बागमती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए ।  

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले बूढानीलकण्ठमा शाखा विस्तार गरेको छ । योसहितको बैंकको शाखा संख्या १०५ पुगेको छ । शाखाको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको करिब १२ लाख सन्तुष्ट ग्राहक रहेको बैंकले जनाएको छ ।