पैसा राख्ने बाकस भित्र मान्छे परेपछि
आश भरोसा के रह्यो र लास बनेपछि ।
जाँदा टिकाटालो अनि आशीर्वाद नि लिएकै थियौ
परिवारको एउटै आशा मात्र तिमी, तिमी थियौ ।
बाटो हेर्दै प्रियसीले कति दिन गनिन् होला
कठै सबैको रूवाबासी कस्तो बिडम्बना होला ।
छातिभित्र आगो बल्छ, भत्भतिंदै मन पोल्छ
कठै तिम्रो भाग्य कस्तो विधाता...