मकवानपुरमा कोरोना संक्रमणको दर बढ्दो छ । दैनिक एक सय जनाको हाराहारीमा जिल्लामा कोरोना संक्रमित थपिइरहेका छन् भने सक्रिय संक्रमितको संख्या ८ सय नाघिसकेको छ ।कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै हेटौँडा अस्पतालको कोभिड वार्डमा ७ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा संक्रमणको दर उच्च छ । हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ४ र ५ मा समुदायस्तरमै संक्रमण फैलिइसकेको छ । हेटौँडामा कोरोना संक्रमितको उपचारका लागि हेटौँडा अस्पतालले कोभिड–१९ उपचार कक्ष तयार गर