इजरायलसँग नेपालको आग्रह– ‘लक्की ड्र’ बाट छनोटमा नपरेका ४२५ जनालाई लगिदिनुपर्यो

‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुलाई लैजान आग्रह गरेको हो । श्रममन्त्री शेरबहादुर कुँवरले अन्तिम छनोटबाट बाहिरिएका उनीहरुलाई लैजाने इजरायल सरकारसँग आग्रह गरिएको बताए ।नेपालबाट अन्तिम छनोटमा परेका एक हजार १३२ जना केयरगिभर इजरायल गइरहेका छन् ।