काठमाडौं : नेपालको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालय हो- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय। त्रिविद्वारा सञ्चालित यो पुस्तकालय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पसभित्र नै सञ्चालनमा छ। त्रिवि स्थापना भएको जति वर्ष पुग्यो‚ यो पुस्तकालय पनि त्यति नै वर्षको भएको छ।त्रिवि सन् १९५९ मा स्थापना भएको थियो। यही वर्ष राष्ट्रको बौद्धिक सम्पदा जोगाउन, सूचना साक्षरता, पाठक र जीवन–लामो सिकाइ प्रवर्द्धन गर्न, विद्यार्थीहरूको लागि अध्ययन र अनुसन्धानमा अनुकूल वात