ताकेता र खबरदारीबीच पनि सडक ढलान अलपत्रै

खोटाङ । स्थानीय तह तथा सर्वसाधारण नागरिकले पटक–पटक ताकेता र खबरदारी गर्दा पनि खोटाङस्थित दिक्तेलबजारकोे सडक ढलान कार्य सुचारु हुन सकेको छैन । निर्माण कम्पनीले बजारबीचमा अलपत्र छाडेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा स्थानीयले पटक–पटक ताकेता गरे पनि ढलान कार्य सुचारु नगरिएको हो । सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सुर्य विकास जेभीलाई नगरपालिकाले काम […]