भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नपर्दा जडिबुटी नेपालगञ्जमै थन्कियो

बाँके : भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिँदा नेपाली जडिबुटी नेपालगञ्जमै थन्किएको छ। भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडिबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो।कारोबार नहुँदा जडिबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए। आफ्नो पनि एक करोड मूल्यबराबरको उत्पादन थन्किएको उनको गुनासो छ।नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो। यो वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात भएको छ। नेपालका विभिन्न जिल्लामा