नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट लोकान्तर डट्कमका समाचार सम्पादक सुशील पन्त पुरस्कृत तथा सम्मानित भएका छन् ।
सोही शीर्षकको पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्कीलाई पनि प्रदान गरिएको छ ।
एक लाख रुपैयाँ राशिको पुरस्कार सभामुख अग्निप्रसाद सापकोटाले सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पन्त र कार्कीलाई संयुक्त रूपमा प्रदान गरेका हुन् ।
पत्रकार पन्तले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरूका पीएले दशैं भत्ता लिएको स...