चैत २६, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छेलाई सरकारले गभर्नरबाट निलम्बन गरेर हटाउने काम गरेको बताए ।
उनले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै गरेको गभर्नरलाई हटाएर निर्लज्जता प्रकट गरेको बताए । उनले माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा गभर्नरको बारे छानविन गर्न एउटा छानवीन समिति बनाएको आरोप पनि लगाए ।