राप्रपाको घोषणापत्र : आवश्यकताअनुसार स्थानीय तहमा रंगशाला निर्माण गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।जम्मा ४ पेज लामो घोषणापत्रमा राप्रपाले खेलकुदका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।खेलकुदमा राप्रपाले आवश्यकता अनुसार स्थानीय तहहरुमा रंगशाला निर्माण गर्ने बताएको छ । त्यस्तै प्रत्येक वार्डमा खेल मैदानको निर्माण गर्ने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।स्थानीय प्रतिभाशाली खेलाडी र प्रशिक्षकले प्रशिक्षण र प्रोत्साहन दिने राप्रपाको प्रतिवद्धता छ ।