काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीको लोगन सर्कल क्षेत्रमा बिहीबार भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ह्वाइट हाउसबाट करिब एक माइल उत्तरमा रहेको भिडा फिटनेस सेन्टरमा गोलीकाण्ड भएको थियो । घटनामा संलग्न आक्रमणकारी चिकित्सक रहेको संघीय सुरक्षा स्रोतहरूले बताएका छन् […]