चितवन निकुञ्जबाट हराएको माडीगज एक महिनापछि नियन्त्रणमा

काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट बेपत्ता भएको माडीगज नामको हात्तीलाई करिब एक महिनापछि नियन्त्रणमा लिइएको छ। निकुञ्जका अनुसार चराउने क्रममा अचानक गैँडाको आवाज सुनेपछि तर्सिएको हात्ती पोष्ट क्षेत्रबाट भागेको थियो। खोजी अभियान सञ्चालन गरिरहेको प्राविधिक टोलीले सोमबार लामिचौर क्षेत्र नजिकबाट डार्ट प्रविधिमार्फत औषधि प्रयोग गरी हात्तीलाई नियन्त्रणमा लिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा […]