अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा रहेका आप्रवासीहरूको मृत्युदर अस्वाभाविक रूपमा बढेको एक अध्ययनले देखाएको छ। प्रतिष्ठित चिकित्सा जर्नल ‘जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन’मा हालै प्रकाशित प्रतिवेदनले आइसको हिरासतमा सन् २००४ यताकै उच्च मृत्युदर रेकर्ड गरिएको जनाएको हो। अध्ययन अनुसार आर्थिक वर्ष २०२६ को सुरुवाती साढे तीन महिनामै कम्तीमा १७ जना हिरासतमा रहेका […]