म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरूलाई आवास ब्यवस्थापनमा सहज भएको छ । नवनिर्मित भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गरे । ‘पूर्वाधारले प्रहरी कर्मचारीहरूलाई उच्च […]