एजेन्सी – निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन नसकेपछि तीन दिनसम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि संयुक्त राष्ट्रसंघले सोमालियाका नेताहरूलाई संवाद जारी राख्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको सोमालिया संक्रमण सहायता मिसन (यूएनटीएमआईएस) ले दुवै पक्षले समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेकोमा स्वागत गर्दै आगामी चरणमा पनि वार्ता जारी राख्नुपर्ने बताएको छ। ‘सोमालिया सङ्क्रमणकालीन चरणमा प्रवेश […]