काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका छन्। पछिल्लो तथ्याङ्क अनुसार पराजुलीले ७२१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार प्रमोद हरि गुरागाईले १६६ मत प्राप्त गरेका छन्। पराजुली र गुरागाईबीचको सुरुवाती मतान्तर निकै फराकिलो देखिएको छ। […]