१ लाख डलर कामदार भिसा शुल्कविरुद्धको कानुनी चुनौती न्यायाधीशद्वारा अस्वीकार

एक संघीय न्यायाधीशले मंगलबार ट्रम्प प्रशासनको पक्षमा फैसला सुनाउँदै कामदार भिसा एच–१बीका लागि तोकिएको १ लाख डलर शुल्कलाई सदर गरेका छन्। अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले युएस चेम्बर अफ कमर्स र एसोसिएसन अफ अमेरिकन युनिभर्सिटीजद्वारा दायर गरिएको कानुनी चुनौती खारेज गरिदिएका हुन्। ती संस्थाहरूले उक्त शुल्क वृद्धि गैरकानुनी भएको दाबी गरेका थिए। यसै महिनाको सुरुमा […]