दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा आउने गरेका छन्। यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किमी दूरीमा गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको छ। कृष्णसार संरक्षण क्षेत्रको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी, सार्क र अन्य देशका गरी चार हजार ६०० पर्यटक कृष्णसार हेर्न पुगेका […]