काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेता–कार्यकर्तालाई फर्किन गरेको आह्वानलाई स्वागत गरेका छन् । उनले यो पहललाई समयानुकूल र आवश्यक बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य […]