शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैर आवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल […]