बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका ९, गुरुवागाउँ नमुना टोलका इन्द्रबहादुर खत्रीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ। ४० वर्षीय खत्री शुक्रबार अपराह्न २ बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए। शनिबार बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जंगलमा खोज्दै जाँदा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) नगेन्द्र शाहीले जानकारी […]