आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन् । नगरपालिकाको पहलमा गौ संरक्षण केन्द्र स्थापना तथा व्यवस्थापन भएपछि विगतमा हराउँदै गएका गिद्धका नयाँ प्रजातिसहित बथान फर्किन थालेका केन्द्रका […]