हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चालु आर्थिक वर्षमा मन्त्रालयले गर्ने कामलाई प्रभावकारी र समयमै सम्पन्न गर्ने उद्देश्यले आठ मन्त्रीसँग एक वर्षे कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा मंगलबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमा समावेश योजना र आयोजनालाई निर्धारित समय र गुणस्तरअनुसार अघि बढाउने विषयमा मन्त्रीहरूसँग […]