सई कृष्णराज भट्ट असार महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी चौकी खोड्पेका प्रमुख प्रहरी नायब निरीक्षक (सई) कृष्णराज भट्टलाई २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका-९ गैराखान सडक खण्डमा भएको यात्रुवाहक बस दुर्घटनापछि तत्काल उद्धार तथा समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै भट्टलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो। […]