यामाहा नेपालले सार्वजनिक गरेको यामाहा FZS FI Hybrid मोटरसाइकल बजारमा अत्यधिक मागका कारण लन्च भएको एक हप्तामै पूर्ण रूपमा सोल्ड आउट भएको छ। कम्पनीले यसको अर्को ब्याचका लागि प्रि-बुकिङ खुला गरिएको जानकारी दिएको छ। नेपालकै पहिलो हाइब्रिड मोटरसाइकलको रूपमा बजारमा आएको FZS FI Hybrid ले छोटो समयमै उल्लेखनीय ग्राहक आकर्षण हासिल गरेको कम्पनीले जनाएको छ। […]