प्रदेश १ को नाम ‘कोसी’मा सहमति भएको छैनः बुद्धिकुमार राजभण्डारी

मोरङ – नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशको नामकरणमा ‘कोसी’ लाई अन्तिम रूप दिइनसकेको बताएका छन्। गृहजिल्ला सोलुखुम्बु रहेका प्रमुख सचेतक राजभण्डरीले देश सञ्चारसँग टेलिफोन संवादका क्रममा एमालेले कोसी नाम प्रदेशका लागि अन्तिम भनेर टुंग्याइनसकेको बताए। उनले भने, ‘हामीले नामको विषयलाई अघि बढाउन कार्यदल बनाएका छाँै। कार्यदलभित्र कोसी नाममा छलफल […]