अनुप बराल निर्देशिन फिल्म हो ‘दोख’ । असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मको शीर्ष गीत ‘वन चरी उड्यो’ सार्वजनिक गरिएको हो । गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले फिल्मको गीत पहिलोपटक गाएका हुन् ।‘फिल्मको गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपको आग्रह टार्न सकिन’ गीतको बिषयमा गायक गुरुङले भने । श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको छ । गीतले फिल्मको आवरण बोलेको बताइन्छ । फिल्मको