बुढीगण्डकी प्रभावितको समस्या सम्बोधन गर्न गोरखा र धादिङका सांसदले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । गोरखा र धादिङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितको माग र आवश्यक सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन् । उनीहरुले बुढीगण्डकी निर्माणको सुनिश्चिता र प्रभावितको माग सम्बोधन हुनुपर्ने बताएका छन् । प््रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा कांग्रेस सांसद राजेन्द्र बजगाई,कमल पन्त,रामनाथ अधिकारी, राप्रपाका बुद्धिमान तामाङ, बिना तामाङसहित सहभागी थिए […]