संघीय स‌ंसद्का २३ सांसद 'अन्डर एसएलसी', उमेरमा ६५ वर्ष पार गरेकाको संख्या २७ !

कानून बनाउने थलोका रूपमा चिनिने संसद्मा प्रायःजसो पढेलेखेका, उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरूको प्रतिनिधित्व हुने आमअपेक्षा हुन्छ। पढेलेखेका सांसदहरू संसद्मा जान सके कानून निर्माणका लागि संसद्मा पेश हुने विधेयकमा तर्कपूर्ण तरिकाले छलफल गर्न सक्ने, अन्तरक्रिया गर्न सक्ने, बहस समेत गर्न सक्ने अपेक्षा गरिएको हुन्छ। तर नेपालको संघीय संसद्मा एसएलसी समेत उत्तीर्ण नगरेका सांसदहरूको उपस्थिति बाक्लो छ। यद्यपि सांसद बन्नका लागि न्युनतम शैक्षिक योग्यता यति नै हुनुपर्छ भन्ने कुरा कुरा भने कतै तोकिएको छैन । संघीय संसद्मा उपस्थित रहेका ...