च्याम्पियन्स लिगको उपाधि जित्दा चेल्सीले कति रकम हात पार्यो ?

 च्याम्पियन्स लिगको उपाधि जित्दै चेल्सीले ठूलो धनराशी हात पार्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बनेको हो । चेल्सीले प्रतिष्ठित प्रतियोगिताको कप मात्र जितेन, सँगसँगै ठूलो धनराशी पनि हात पार्न सफल भएको छ ।च्याम्पियन्स लिगमा कुनै पनि क्लबले कुन चरणसम्म पुग्छ र कति खेल जित्छ भन्ने आधारमा रकम प्राप्त गर्दछ । समूह चरणसम्म पुग्ने हरेक टोलीले १३.१४ मिलियन पाउन्ड प्राप्त गर्दछ भने समूह चरणमा हरेक जितका लागि २.३२ मिलियन पाउन्

सम्बन्धित सामग्री

अभियान टिप्पणी: एशिया कप नेपालमा

एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट भएको छ । सरकारले एउटा गतिलो स्टेडियमसम्म बनाउन नसकेको अवस्थामा खेलाडीले आफ्नो कौशल देखाएर एशिया कपमा छनोट भएका छन् । खेलकूदका पूर्वाधारमा लगानी नगर्ने र खेलाडीलाई उचित प्रोत्साहन नगर्ने सरकारले खेल जितेपछि पुरस्कारको घोषणा गरेको छ । तर, पुरस्कारको रकम भने नदिने चलन छ । यसरी खेलकूदको विकास हुन सक्दैन ।  क्रिकेटमा नेपालको सफलता ऐतिहासिक नै हो । तर, अहिलेसम्म नेपालले एउटा पनि क्रिकेट स्टेडियम बनाउन सकेको छैन । क्रिकेट प्रतियोगिता भएको त्रिभुवन विश्वविद्यालयको स्टेडियम भारतले खेल सञ्चालनका लागि बनाएको हो जुन पूर्ण सुविधाको स्टेडियम होइन । सरकारले मूलपानीमा बनाइरहेको स्टेडियम अझै बनिसकेको छैन । कलाकार सीताराम कट्टेलले सर्वसाधारणबाट पैसा उठाएर चितवनमा बनाउन थालेको स्टेडियम पैसा नभएर काम रोकिएको छ । यसको स्वामित्व सरकारले लिने निर्णय गरे पनि अझै यसले गति लिएको छैन । त्यसैले सरकारले पूर्वाधार निर्माणमा काम गर्नैपर्छ । खेलाडीले जति खेल खेल्न पाउँछन् त्यति उनीहरूको क्षमता निखारिन्छ । त्यसैले आन्तरिक प्रतियोगिताहरू पनि भइरहनुपर्छ ।  जेहोस्, नेपाली एशिया कपमा सहभागी हुन पाएको छ । तर, पाकिस्तानमा हुने यो खेलमा भारतले भाग नलिने बताइरहेको छ । यदि भारतले भाग लिएन भने यो खेल स्थगित नहोला भन्न सकिँदैन । २२ वर्षअघि पनि त्यस्तै भएको थियो । भारतले भाग नलिएका कारण प्रतियोगिता भएन भने नेपालले खेल्न पाउँदैन । अहिले भारतले खेल्ने खेल पाकिस्तान बाहिर खेलाउने र अन्य खेलचाहिँ पाकिस्तानमै खेलाउने गरी हाइब्रिड मोडलको कुरा भइरहेको समाचार सार्वजनिक भएको छ । यस्तोमा यी दुवै देशका लागि नेपाल उपयुक्त मुलुक हुन सक्छ । त्यसैले नेपालले खेल कूटनीति प्रयोग गरेर पाकिस्तान र भारतलाई यसमा राजी गराउन सक्छ । पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलन हुन नसकेकाले नेपालले यसको अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन । त्यसैले अध्यक्षको हैसियतले भारतले खेल्ने जति खेल नेपालमा गराउन पहल गर्दा सम्भव हुने देखिन्छ । यो अवसरबारे लामो समयदेखि छलफल पनि भइआएकै हो । त्यसैले यो अवसर उपयोग गर्न नेपालले पहल गर्दा सफलता हात लाग्न सक्छ ।