एसियाली युथ पारा टोलीको स्वागत

बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारा गेम्समा पदक जित्न सफल तेक्वान्दो खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो । नेपालबाट २ खेलका ४ खेलाडीले गेम्समा प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दोका ३ र ब्याडमिन्टनका १ गरी ४ खेलाडीले सहभागिता जनाएका थिए । त्यसमा तेक्वान्दोले समान १–१ स्वर्ण, रजत र कांस्य जित्न सफल भएको थियो । टोकियो पारा ओलम्पियन पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य जितेका थिए । ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदकनजिक पुगेका...