बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

बारा– दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जितपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले […]

सम्बन्धित सामग्री

गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा

बारा– बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।  निजगढ काठमाडौँ द्रुतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर […]

अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको […]

बालुवा निकाल्ने स्काभेटरसहित तीन प्रहरी नियन्त्रणमा

प्रताप बानियाँ, म्याग्दी  रातको समयमा कालीगण्डकी नदीमा अवैधरूपमा बालुवा उत्खनन गर्ने तीन जनालाई स्काभेटरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति अन्दाजी साढे १० बजेको समयमा म्याग्दीको बेनी नगरपालिका–१ आनन्द बगरस्थित कालीगण्डकी नदीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बालुवा उत्खननमा प्रयोग […]

डेढ दर्जन ट्याक्टर प्रहरी नियन्त्रणमा - Karobar National Economic Daily

सिन्धुलीःअवैध रुपमा बालुवा उत्खननका लागि प्रयोग गरिएका डेढ दर्जन टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सदरमुकाम माडीबजार आसपासका खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा डेढ दर्जन ट्याक्टर…