तारा गाँउ विकास समिति र होटल हायतसँग स्पष्टिकरण माग

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा गाँउ विकास समिति र तारा गाउँ रिजेन्सी होटल (हायत) लिमिटेड बौद्धलाई स्पष्टिकरण माग गरेको छ । मन्त्रालयले हायत होटललाई २७ र तारा गाउँ विकास समितिलाई २२ वटा प्रश्न गर्दै स्पष्टिकरण माग गरेको हो । मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै तीन दिन भित्र जवाफ पेश गर्नको लागि पत्रचार गरेको जनाएको छ […]