ढोलाहिटीमा बज्र ग्रुपको शोरुम

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्रीवितरण गर्ने उधेश्यले, “सोमानी ग्रान्ड़े” शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले उक्त शोरुमको उद्घाटन गरेका हुन् । सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ । उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) मार्फत आफ्नो पदचिह्न विस्तार गर्दै  जाने जनाएको छ।विगत ३० वर्षदेखि, आफ्नो ग्राहकहरुलाई सुपथ मूल्यमा बाथरुमका सामान, टायल्स र सेनिटरी सामानहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले “सोमानी ग्रान्ड़े ” शोरुम उद्घाटनको अवसरमा सामानको खरिदमा गिफ्ट भौचर राखेको छ ।

सम्बन्धित सामग्री

ललितपुरको ढोलाहिटीमा बज्र ग्रुपको सोमानी ग्रान्डे शोरुम

ललितपुर – बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रालि (बज्र ग्रुप) ले ललितपुरस्थित ढोलाहिटीमा सोमानी ग्रान्डे शोरुम सञ्चालनमा ल्याएको छ। सोमानी ब्राण्डका सम्पूर्ण सामग्रीहरु पाइने शोरुमको सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले एक समारोहबीच बिहीबार उद्घाटन गरेका हुन्। सोमानी भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ। कम्पनीले बज्र ग्रुपमार्फत सोमानी ग्रान्डे आउटलेट लन्च गरेको हो। विगत ३० वर्षदेखि […]

बज्र ग्रुपको ढोलाहिटीमा सोमानी ग्रान्डे शोरुम

काठमाडौं, पुष ८ । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उद्देश्यले, ‘सोमानी ग्रान्डे’ शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले बिहीबार यस शोरुमको उद्घघाटन गर्नुभएको हो । सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ । उद्योगमा अग्रगामी र […]