नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो । आजको छलफलपछि दुई नेताबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । &l