मेरो शरीरमा पवित्र रगत छ, मलाई कोरोना लाग्दैनः राखी सावन्त

काठमाडामैं। बलिउड अभिनेत्री राखी सावन्तले आफूलाई कोरोना संक्रमण नहुने दाबी गरेकी छिन्। राखीले आफ्नो शरीरमा पवित्र रगत रहेकोले कोरोना संक्रमण नहुने दाबी गरेकी हुन्। आफ्नो शरीरमा येशूको बास रहेको भन्दै आफू र आफ्नो परिवारमा कोरोना नलाग्ने बताएकी हुन्। हालै सलमान खान र सोहेल खानको मद्दतमा उनकी आमाको क्यान्सर रोगको उपचार भएको थियो। उनको उक्त बयानपछि चर्को आलोचना भइरहेको छ।