भूमि अतिक्रमणको चपेटामा रहेको सुस्ता वर्षेनी बाढीको पनि चपेटामा पर्दै आएको छ । नारायणी नदीमा ठुलो बाढी आएपछि सुस्ता गाउँमा उत्तर तर्फबाट बाढी सानो खोल्सो पस्ने गर्दछ । गाउँमा बाढी पसेपछि दर्जनौँ घरहरु डुबानमा पर्ने गर्दछ भने सयाैँ बिगाहा खेती नष्ट हुने गरेको पाइन्छ । त्यतिमात्र होईन अधुरो तटबन्ध सहितको बाँध निर्माण भएन भने अहिले सुस्तामा भइरहेको विभिन्न विकासका कार्यहरु पनि बाढीले भत्किएर नष्ट होला भनि सुस्ताबासी चिन्तामा छन् । सिमा जस्तै बाढीको चपेटामा पर्दै आएका सुस्तावासीहरु छिटो भन्दा छिटो अ