काठमाडौं, १० जेठ । विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको मुल्यवृद्धिको पुर्ण खारेजीको माग गरेका छन् । सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्यृवृद्धि पुर्ण खारेजीको माग गर्दै उद्योग व्यापार तथा वाणिज्य मन्त्री दिलेन्द्र प्रसाद बडुलाई सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । सोमबार १३ […]