ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थल स्तरवृद्धिकाे काम ८५ प्रतिशत सकिएकाे छ । कोभिड–१९ को सङ्क्रमण जाेखिम रहेकाे अवस्थामा पनि विमानस्थल स्तरवृद्धिको काम भइरहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । त्याे बजेटको ठेक्कामार्फत निर्माण गर्नलाई बोलपत्र आह्वान गर्दा खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रकशनले आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो ।
ठेक्का पारेपछि जेभी कन्स्ट्रकशनले स्तरवृद्धिको काम सुरु गरेको र अहिले...